बुटवल /फागुन २१
अखिल (क्रान्तिकारी) कालिका मानवज्ञान माविको इकाइ सम्मेलन आज भव्यतापुर्वक सम्पन्न भएको छ।सो सम्मेलनले अनमोल न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ।न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय मूल इकाइ कमिटी निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमूख अतिथि युवा संगठन नेपाल लुम्बिनी ब्युरो संयोजक बिश्लेण,अतिथिहरू अखिल (क्रान्तिकारी) रुपन्देही अध्यक्ष गोपाल रोका, अखिल (क्रान्तिकारी) बुटवल उपमहानगर उपाध्यक्ष पवन ज्ञवाली,बुटवल बहुमुखी क्याम्पस समितिको अध्यक्ष देव भट्टराईलगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिश्लेणले शिक्षा क्षेत्रलाई दलाल संसदीय ब्यबस्थाका मतियारहरूले तहसनहस बनाएको भन्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन बिद्यार्थीहरू नै अग्र मोर्चामा लामबद्ध भएर संघर्ष गर्नुपर्ने बताएका थिए।