कपिलवस्तु /फागुन २२,
कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समुहद्धारा २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा स्कारपियोमा गए राती आगजनी भएको छ । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको जेसिभी स्काभेटर र स्कारपियोमा आगलागी भएको हो ।
उक्त क्षेत्र नेकपा विप्लव समुहको पकड क्षेत्रको रुपमा परिचित रहेको छ । विप्लबको गाँउ र लोहरौला नजिकै रहेको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूह द्धारा आगजनी भएको सुन्दरडाडा प्रहरी कार्यालयले जनाएको छ ।
आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकी सुन्दरी डाडाको प्रहरी पुगेको जनाइएको छ । (न्युजसेन्टर)