कपिलवस्तु /फागुन २२,
कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा गत राती भएको २ वटा जेसिभी २ वटा स्काभेटर र २ वटा स्कारपियोको आगजनीको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले लिएको छ । हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको जेसिभी स्काभेटर र स्कारपियोमा आगलागी भएको थियो ।
आज एक विज्ञप्ति निकाल्दै विप्लव नेकपाले सो घटनाको जिम्मा लिएको हो । देशभर निर्माण जिम्मा लिएर गुणस्तरहिन काम गरेको, पार्टी बिरुद्ध सुराकी गरेको, जनताको खेतबालीमा मेसिन चलाएर नष्ट गरेको भन्दै सो आगजनी गरेको विज्ञप्तिमा जनाईएको छ :
हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी आगजनी गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।