अनखबर
फागुन २३/कपिलवस्तु
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुका शुभचिन्तक एवं समर्थक एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्युठान स्थायी घर भइ शिवराज नपा १ स्वर्गद्वारी टोल बस्ने दुर्गा बहादुर राउतलाई शुक्रबार बिहानै प्रहरीले गिरफ्तार गरेको पारिवारिक स्रोतले बताएको हो । कपिलवस्तुको शिवगढिमा धेरै विप्लव समर्थित मान्छेहरुलाई प्रहरीले धरकपड गर्ने मानसिक तनाव दिनेसमेत गरेको स्रोतले बताएको छ । बुधबार रातिमात्रै एक निर्माण कम्पनीका स्काईभेटर, जेसिभी, स्कार्पियो गरि ६ वटा साधनमा आगजनी भएको थियो, आगजनीस्थलना सो पार्टीका पर्चा भेटिएको थियो, सोही कारणलाई लिएर अनुसन्धानको लागि पक्राउ गरेको प्रहरीले जनाएको छ । यता नेकपा कपिलवस्तुले भने निर्दोष मान्छेहरुलाई नसमात्न र तुरुन्तै रिहा गर्न माग गरेको स्रोतले जानकारी दिएको छ ।