पर्चामा जनाइएअनुसार उक्त ८४ बिघा जग्गा जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कब्जामा थियो । काठमाडौँ निवासी सामन्त राजीवराज राजभण्डारीले सीधासाधा जनतालाई भ्रममा पारी सस्तो मूल्यमा जग्गा लिएर स्थानीय किसानहरुलाई सुकुमबासी बनाएका छन् । उनले त्यहाँ काम गर्ने किसान र श्रमिकलाई न्यून पारिश्रमिक दिएर श्रमको शोषण गर्दै आएका छन् ।
उक्त जग्गा नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको कार्यालयमा भेटिएको नेकपाको पर्चामा उल्लेख गरिएको छ । अबदेखि उक्त जग्गा उपभोग नगर्न सामन्त राजीवराज राजभण्डारीलाई चेतावनीसमेत दिइएको छ ।
मर्कनटायलको जगा कब्जा गरी कारबाही गर्नुको कारणबारे नेकपाको पर्चामा यसप्रकार उल्लेख गरिएको छ :