कलम सिंह बिश्वकर्मा ‘दिपेन्द्र’-
राज्यसत्ता वर्गीय हुन्छ भन्ने माक्र्सवादी मान्यता अनुसार सामाजिक दलाल पूँजीवादी सरकारले अहिले दलाल, भ्रष्ट, कमिशनखोर‌ र आलिशान महलमा बस्नेहरूको हितमा नेतृत्व गरिरहेको छ । श्रमिक वर्गको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले दलाल, भ्रष्टाचारीका विरुद्धमा संघर्षका कार्यक्रम घोषणा मात्र होईन एकिकृत जनक्रान्तिको वैचारिक हतियारले प्रहार गरेपछि दलालहरुको लुटको स्वर्गमा भुईचालो गएको छ ।

श्रमिक वर्गको साम्यवादी यात्रालाई रोक्नका लागि सामाजिक दलाल सरकारले बन्दुकको साहारा लिएर फाँसीवादी तरिकाले श्रमिक वर्गलाई दमन गरिरहेको छ । सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारामा गठन गरिएका स्थानीय तहका सरकारको गतिविधिबाट जनतामा ब्यापक असन्तुष्टी बढिरहेको छ । जनता सन्तुष्टि हुने खालका कुनै पनि काम गरेको देखिदैन ।

चुनाव जित्ने वित्तिकै आफुले खाने सेवा सुविधाबारे निर्णय गरि तलब खान र महङ्गा गाडी, मोबाइल किन्न वाहेक अरु केहि गरेनन् । अधिकांश स्थानीय तहको सरकारमा कम्युनिष्ट नेतृत्वको सरकार छ तर यो सरकारले कम्युनिष्ट नीति त कता हो कता, न्युनतम पूँजीवादी नीतिसम्म पनि लागु गर्न सकेको छैन । शिक्षा, स्वास्थ्य, निशुल्क गराउनुको साटो झन झन महङ्गो बनाउदै लगेको छ।

बेरोजगारीको समस्या झन झन बढेर गएको छ । विकास निर्माणमा पनि कमिशनको खेल, जनप्रतिनीधि कै डोजर आतंक चलिरहेको छ। ठेकेदार, डोजर मालिक मात्रै होइन, आफ्ना नातागोता र आसेपासेलाई नै पोस्ने नीति अबलम्वन गरेका छन् । जनतामा जन्म कर, मुत्यु कर ,बिबाह कर, जग्गा कर, घर कर, नागरिकता कर, सामान्य सिफारिसको सम्म कर लगाएर जनताको ढाड सेक्ने काम गरिरहेको छ ।

जनतामा कर आतंक मौलाएर सिंहदरवारको अधिकार गाउँघरमा आएको भनिरहेको छ । यहाँ सिहदरवार होइन, सिंहदरवारको भ्रष्टाचार, लुट, दलाली, घर घर सम्म आईपुगेको छ । उल्टै भ्रष्टाचारिको विरोध गर्दै देश र जनताको पक्षमा निस्वार्थ ढंगले संघर्षमा सक्रिय भएको पार्टीका नेता कार्यकर्तालाई बिना कारण गिरफ्तार गर्ने, झुट्टा मुद्दालगाएर फसाउने, धरपकड गर्ने, मुठभेडको नाममा कायरपूर्ण तरिकाले हत्या गर्ने काम यो सरकारले गरेको छ ।

२०७५ फाल्गुन २८ गते पार्टीमाथि प्रतिवन्ध लगायर सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेल, निरकुमार राई, तिर्थ घिमिरेसहित एक दर्जन क्रान्तिकारीको हत्या गरेको छ । पार्टीका स्थायी कमिटि सदस्य कमरेड सुदर्शन, पोलिटब्युरो सदस्य रणबीर, केन्द्रीय सदस्य माईला लामा, केन्द्रीय सदस्य हितमान, केन्द्रीय सदस्य बन्दु चन्द लगायत झन्डै हजारबढी नेता, कार्यकर्तालाई हिरासत र जेलमा राखेर फासिवादी चरित्र देखाएको छ।

सामान्य पार्टीका समर्थकलाई समेत गिरफ्तार गरी निरंकुशता चलाई रहेको छ । सामाजिक दलाल सरकारको दमनको प्रतिरोध गर्नेक्रममा एक दर्जन होनहार यो’द्धाहरूले रगत बगाउनु भएको छ । हजारौं नेता कार्यकर्ताहरु दुश्मनको कालकोठरीमा बन्दिजीवन बाँचिरहेका छन् । दलाल सरकारको दमन र प्रतिरोधकै बीचमा पनि फिल्डमा हजारौं नेता, कार्यकर्ताले देशैभरी दुश्मनसँग लुकामारी खेल्दै पार्टीको योजनालाई शिरोधार्य गरि लागू गरिरहेका छन् ।

पार्टीमा पेशेवर कार्यकर्ता बन्दै, जनमुक्ति सेनामा भर्ती बढ्दै गएको छ । श्रमजीवी जनताको अपार माया, अगाध विश्वास र सहयोगले पार्टीले आफ्ना गतिविधिलाई झन तीब्र पारिरहेको छ । हाम्रो पार्टीबाट मजदुर, किसान, मध्यमवर्ग, राष्ट्रिय पुँजीपतिवर्ग र देशभक्त शक्तिले ठुलो आशा गरेको छ । दमनले पार्टी झन स्पातिलो बनिरहेको छ ।

पार्टीको सही विचार, नेतृत्व र सही कार्यदिशाका कारण वैचारिक, राजनैतितिक, सांगठनिक र सघर्षमा महत्वपूर्ण उपलब्धि हासिल हुदै गएको छ‌‌ । पार्टी गतिशिल बन्दै गएको छ । प्रतिबन्धको जनस्तरबाट विभिन्न ढंगले प्रतिरोध भईरहेको छ । आलिशान महलमा बस्ने दलाल पूँजीपति वर्ग र सडक पेटीमा बस्ने श्रमिक वर्गको बीचमा वर्गसंघर्ष चलिरहेको छ ।

भेरीकर्णाली ब्युरोमा केन्द्रीय सामना परिवारको कार्यक्रमले पनि सामाजिक दलाल सरकारको प्रतिबन्धको प्रतिरोध गर्दै कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । भेरीकर्णाली ब्युरोका बाँके, बर्दिया, सुर्खेतका कार्यक्रम सकेर २०७६ मंसिर १८ गते सामाना परिवारको केन्द्रीय टोलीले दैलेख जिल्लाका विभिन्न ठाँउमा कार्यक्रम ग¥यो । अछाम जिल्लाको भैरबस्थानबाट दैलेखको असराघाट हुँदै आठबीस नगरपालिकाको वडा नं १, सात्तालामा प्रवेश ग¥यो ।

राष्ट्रघाती माथिल्लो कर्णाली परियोजनाको सुरक्षाका लागि परियोजनामा रहेको सशस्त्रको टोलीले टिमलाई हतियार सहित घेरा हाल्यो । शसस्त्र घेरा तोड्दै जनता सहभागिता र सहयोगले कार्यक्रम सम्पन्न भयो । दैलेखका ९ वटा ठाउँमा कार्यक्रम सम्पन्न भए । पार्टीको विचार र कार्यदिशा जनतामा पुग्न सफल भयो । सामना परिवारको भब्य सास्कृतिक कार्यक्रमले नेता, कार्यकर्ता र जनताको माया, विश्वास अथाह रहेको पुस्टि ग¥यो । जनसम्बन्ध प्रगाढ बन्यो ।

सुखी नेपाली समृद्ध नेपालको मीठो नारा‌ दिएर बनेको कम्यूनिष्ट नाम धारीको दुई तिहाईको सरकार भ्रष्टाचार र रास्ट्रघातका ठुलठुला काण्ड मचाउदै बद्नाम भएको छ । कथित कम्यूनिष्ट पार्टीको महासचिब बिष्णु पौडेल बालुवाटारको सार्वजनिक जग्गालाई आफ्नो नाममा गरेको काण्डबाट बद्नाम भए । सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले‌ गरेको ७० करोड कमिसन काण्डले राजिनामा दिन बाध्य भए । काण्डै काण्डमा लिप्त यो सरकार भ्रष्टाचार र कमिशनको खेलमा लागिरहेको छ ।

उच्चकोशीबाँध, अपर कर्णाली, अरुण तेस्रो लगायतका परियोजना भारतलाई सुम्पेर विकासको खोक्रो नारा अगाडि सारिरहेको छ। सरकारले जनतालाई सुखी होईन दुःखी बनाएको छ‌ । देश धनि होईन कङ्गाल बनाउदै गएकाको छ । सामाजिक दलाल पुँजीवादी यो सरकार असफल हुदै गएको छ । यो सरकारको मात्र असफलता होईन, दलाल संसदीय व्यवस्थाको असफलता हो भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको छ । दलाल, पुँजीवादको विकल्पमा‌ हाम्रो पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादको नारामा जनताको पुर्ण विश्वास र भरोसा बढ्दै गएको छ । पार्टीमाथि‌ लगाएको प्रतिबन्ध खोक्रो सावित भएको छ‌ ।

न्यायप्रेमी जनता, नागरिक समाज, विभिन्न राजनैतिक दलका ईमान्दार नेता तथा कार्यकर्ता, पत्रकार जगतले प्रतिबन्धको विरुद्ध अवाज उठाईरहनु भएको छ । वर्तमान नेपालको क्रान्तिकारी राजनैतिक शक्तिको रुपमा हाम्रो पार्टी अगाडि बढिरहेको छ । दलाल संसदिय व्यवस्था विरुद्ध वैज्ञानिक समाजवाद स्थापना गर्न एकिकृत जनक्रान्तिमा देशभक्त शक्तिहरु एकजुट हुनुको विकल्प छैन। बाटो कठिन भएपनि भविष्य उज्ज्वल छ ।

लेखक,  नेकपा दैलेख जिल्ला इन्चार्ज हुन् ।