फागुन २५ बुटवल

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज संगम पुनले अहिले विश्वमै सबैभन्दा धेरै महिलाहरू हिंसामा परेको भन्दै नेपालमा पनि हिंसाको सिमा निकै बढेको बताए । कतिपय हिंसाहरुका घटना बाहिर नआएपनी खासमा महिलाहरू घरभित्र देखि राज्यतहसम्म हिंसा हुने गरेको बताए । उनले मार्क्सकी श्रीमती जेनि मार्क्स देखि माओका श्रीमती च्याङ्ग हुई सम्मले महिला आन्दोलन दिएको योगदानको चर्चा गर्दै महिला मुक्तिको लागि महिला पहिले एकजुट हुनुपर्ने बताए । पछिल्लो समय विश्वब्यापी महामारीको रुपमा उदाएको कोरोना भाईरसविरुद्द सचेत हुन आग्रह गर्दै अमेरिकी एमसिसि परियोजना नेपालका महत्त्वपूर्ण सम्पत्ति कब्जा गर्ने र नेपाललाई उपनिवेश गराउने योजना रहेको समेत बताए ।


कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी अमरले महिलाहरुले केही गर्न सक्दैन केवल घरबारिमा सिमित रहन्छन भन्ने मान्यतालाई जनयुद्धमा काधमा बन्धुक भिरेर लडे, आज त्यसैको परिणाम प्रहरी र सेनामा महिलाहरूको उल्लेख प्रतिनिधित्व भएको स्मरण गरे । उनले पुरुसत्ता चल्ने समाजमा महिलाहरूको हैसियत खाली उपभोगको साधनमा मात्रै सिमित गर्न खोजेको भन्दै महिला उत्पीडिनका बिरुद्ध सबै एकजुट हुन आग्रह गरे ।

सत्ताधारी नेकपालाई नक्कली कम्युनिस्ट भएको आरोप लगाउदै उनले यो सत्ताले महिला अधिकारको नाममा झनै शोषण गरेको बताए । उनले महिलाको मुक्तिको लागि पहिले वर्गीय मुक्ति जरुरी रहेको र त्यसको लागि एकीकृत जनक्रान्तिमार्फत आन्दोलनमा जोडिनुपर्ने बताए ।
सहिद तथा बेपत्ता परिवार समाज लुम्बिनी ब्युरो संयोजक जया पौडेलले जनयुद्धमा महिलाले महान भुमिका खेलेको तर महिलाका अधिकार स्थापित गर्ने बेलामा धोका भएको बताउदै अब नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको बाटोबाट महिला मुक्तिको लागि सबै लामबद्द हुन अपिल गरिन  ।

कार्यक्रममा अखिल नेपाल महिला सघका पुर्वअध्यक्ष वर्षा रोका, अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष इन्दु वलि लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम उषा सुवेदीको संचालनमा भएको थियो भने देवि भट्टराईले स्वागत गरेकी थिइन । कार्यक्रममा अध्यक्षता गरेकी जिल्ला अध्यक्ष रेखा भुषालले महिलाहरु सबैखाले अधिकारबाट बन्चित रहेको भन्दै समान अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताए ।

उनले महिला अधिकारको लागि संघर्ष गर्नुपर्ने बताउदै महिला मुक्ति सगै समग्र बर्गिय मुक्तिको लागि एकीकृत जनक्रान्तिमा लामबद्द हुनसमेत आग्रह गरिन । यस्तै यता नवलपरासी अनेमसघले पनि मार्च ८ को कार्यक्रम गरेको छ । जिल्ला संयोजक हरिकला चौधरीले अध्यक्षता गरेको कार्यक्रममा सो पार्टी निकटका केही नेताहरू सहभागी थिए भने वक्ताहरुले महिला अधिकारको लागि थप सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए ।