फागुन २५, दैलेख ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेखले ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारी दैलेखको अध्यक्ष पवित्राले अहिलेको ब्यवस्था दलालहरुको भएकाले यो व्यवस्थाबाट महिला मुक्ति नहुने बताईन् । मुक्ति र अधिकारका लागि वैज्ञानिक समाजवादी ब्यवस्था आवश्यक भएको उल्लेख गरिन् ।

कार्यक्रममा बिशेष अतिथि नेपाल कम्यूनिष्ट पार्टी दैलेखको ईन्चार्ज दीपेन्द्रले महिलाहरुको सहभागिता बिना समाजवादी ब्यवस्था सम्भव नभएकाले यसका लागि सम्पूर्ण महिलाहरु‌ एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।