गुल्मी, २८ फागुन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल गुल्मीका अध्यक्ष वसन्त गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।
गुल्मी मदाने गाउपालिका वडा नम्बर ६ बाट उनलाई पक्राउ गरिएको थियो । उनलाई तत्काल रिहा गर्न माग गर्दै मोर्चाले प्रेस विज्ञप्ति जारी गरेको छ, मोर्चाका लुम्बिनी समन्वय समितिका संयोजक जित बहादुर रसाइलीद्वारा हस्ताक्षरित विग्यप्तीमा भनिएको छ, “मोर्चामा आस्था राखेकै कारणले यसरी निर्दाेष नागरिकलाई गिरफ्तार गरिएकोप्रति हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । उहाँलाई तत्काल रिहाईको माग गर्दै, निर्दाेष नागरिकहरुलाई मोर्चामा आस्था राखेकै कारणले गरिने धरपकड बन्द गर्न समेत चेतावनी दिन चहान्छौं ।” तत्काल रिहा नगरे कडा संघर्ष गर्ने समेत बताईएको छ ।