फागुन २८, दार्चुला ।अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्चुलाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न सम्मेलनले काैशला बाेहराकाे नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे छ ।
सुशीला धामीकाे सञ्चालन र काैशला बाेहराकाे अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि संघकी केन्द्रीय सचिवालय सदस्य तथा सेती महाकाली संयाेजक पूर्णिमा धामी र विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका दार्चुला सचिव लक्ष्मण रहेका थिए ।
सम्मेलनको उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि पूर्णिमाले केपी ओली नेतृत्वको दलाल सामाजिक फाँसिवादी सरकारले नेकपा माथि लगाएको कथित प्रतिवन्ध आफ्नो संगठनलाई पनि लगाएको ठिक एक वर्ष पूरा भएको र यसले संगठनलाई झनै जुझारु र सुदृढ बनाएको बताएकी छिन् । उनले भनिन्,’कथित कम्युनिस्टको सरकार छ तर महिला हिसा झनै बढेर गएको छ । याे कम्युनिस्ट सरकार नभई दलाल पुजीवादीहरुकाे सरकार हाे । याे दलाल पुजिवाद रहदासम्म महिला मुक्ति संभव नभएकोले महिलाहरू पनि बैज्ञानिक समाजवाद ल्याउने क्रान्तिमा सामेल हुन पर्छ ।’
सम्मेलनमा बधाई तथा शुभकामना दिने क्रममा नेकपाका दार्चुला जिल्ला सचिव लक्ष्मणले आफ्नो पार्टी पूर्ण महिला मुक्तिकाे पक्षमा संघर्षरत रहेको र पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने भएकोले यसमा उत्पिडित र श्रमिक महिलाहरू सामेल हुनुपर्ने कुरामा जाेड दिए ।
आफ्नो पार्टीले बिगतकाे धाेका र गद्दारीबाट नयाँ पाठ सिक्दै एकीकृत जनक्रान्तिमा अघि बढेको र महिला उत्पिडनका बिरुद्ध जनकारबाहीमा समेत उत्रिएको वताउदै अब छिट्टै देशमा क्रान्ति हुने कुराकाे ठाेकुवा गरेका थिए ।