फागुन २९, रूपन्देही । विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ ‘प्रज्वलन’ रिहा भएका छन् । उच्च अदालत बुटवलको आदेशमा श्रेष्ठ रिहा भएका हुन् ।

यसअघि फागुन २० गते रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाई दिएपनि पुन: गिरफ्तार गरेर भैरहवा कारागारबाट श्रेष्ठलाई नवलपरासी लगिएको थियो । केन्द्रीय सदस्य श्रेष्ठलाई गत चैत ९ गते स्थायी कमिटी सदस्य सुर्दशन सहित काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले छोड्न आदेश दिएपछि रुपन्देही लगिएको थियो ।