फागुन ३०, रोल्पा। विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टी राप्ती ब्यूरोले ‘लालपत्र’ जारी गर्दै गैरसरकारी संस्था र गाउँगाउँमा पुगेका लघु वित्त (माइक्रोफाइनान्स)हरुमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

ब्यूरो इञ्चार्ज समरले जारी गरेको ‘लालपत्र’मा अर्बौंको कर छली गर्ने एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत-निर्यात बिक्रि-वितरणमा प्रतिवन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न अनुरोधगरेको छ ।

लालपत्रमा थप भनिएको छ’ कथित लघुबित्तिय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पूर्ण सस्थाहरुलाई प्रतिवन्ध गर्दै आम किसान मजदुरलाइ रिन (कर्जा)नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धि बित्तीय सस्थालाइ हाम्रो पार्टी चेतावनीमुलक निर्देशन गर्दछ ।’

लागुऔषध दुर्व्यसनले समाजलाई दिनप्रतिदिन बिकृत विघटित र अपराधिकरण पार्दै लगिरहेको भन्दै ब्यूरोले लागुपदार्थको प्रयोग तथा बिक्रि वितरण नगर्न रनगराउन सबैमा हाम्रो पार्टी आग्रह गरेको छ । ब्यूरोले जारी गरेको लाल पत्रमा उल्लेख गरिएका बिषय:

१. अर्बौं कर छली गर्ने लुटेरा दुरसंचार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत-निर्यात बिक्रि-वितरणमा प्रतिवन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ।

२. कथित लघुबित्तिय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लुट्ने र मार्ने सम्पूर्ण संस्थाहरुलाई प्रतिवन्ध गर्दै आम किसान मजदुरलाइ ऋण (कर्जा)नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त ससम्मान फिर्ता गर्न सम्बन्धि बित्तीय संस्थालाइ हाम्रो पार्टी चेतावनीमूलक निर्देशन गर्दछ ।

३.लागुऔषध दुर्व्यसनले समाजलाई दिनप्रतिदिन बिकृत विघटित र अपराधिकरन पार्दै लगिरहेकोले लागुपदार्थको प्रयोग तथा बिक्रि वितरण नगर्न रनगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।

४.सोझा साझा जनतालाइ गरिबी,आर्थिक अभाव बेरोजगारी र अशिक्षाको फाइदा उठाउदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर लभतधयचपष्लन व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजु भाइ तथा दिदी बहिनी लाई उक्त कार्य संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पुर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ।

५ मजबुरिमा पारेर वा परेर चर्को व्याजमा रिन प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर-व्याजी, साहु-महाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पती अविलम्ब फिर्ता गर्न र चर्को ब्याज दरमा लिएको रिन नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ।

६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका मत्तियारका रुपमा केन्द्र देखि स्थानीय सम्म क्रीयाशिल तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनिहरु द्वारा निर्दे्शित उपभोक्ता समिती लाई तत्काल खारेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चलचित्रमा पूर्णरुपमा रोक लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८.कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला नाला तथा काठ चोरीपैठारी तस्करी गर्ने लगायतका अवैध कार्य गर्ने कथित उधोगि व्यापारी र समयमा काम सम्पन्न्न नगर्ने र गरे पनि गुणस्तरहिन काम गर्ने निमार्ण व्यवसायीलाई लाई बहिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।

९. विभिन्न नाममा धर्मसस्कार सस्कृती र समाज बिरोधि व्यापारीक प्रयोजनमा गरिने मेला(महोत्सव र महायज्ञ नगर्नर नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ।
१०.जनसत्ताको नीति नियम र अनुमति बेगर संचालित लनयरष्लनय लाई प्रतिवन्धित गरिएको छ ।

११.गुण्डागर्दीर जुवातासर जाडरक्सीर बाल तथा बहु विवाह र यौन व्यभिचार र मानव तस्करिर ढुकुटी लगायत सामाजिक अपराधका मुलकारक भएको हुदा त्यस्ता कार्य नगर्नर नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।

१२. ज्यानमारा बिषालु रक्सी उत्पादन बिक्री वितरण तथा उपभोग नगर्न र नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्यापारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमाफिया, शैक्षिक माफिया, स्वास्थ्य माफिया कमिसनखोर लाई जनपरिषदको केन्द्रीय निति अनुरुप जनकार्वाही गरिने छ ।