चैत १, रोल्पा। विप्लव नेतृत्वको नेपाल कम्युुुनिष्ट पार्टीका रिहा भएका रोल्पा थवाङका कार्यकर्ता अमित घर्ती र जितप्रसाद रोकालाई स्थानीयले भव्य स्वागत गरेका छन् । कैलालीबाट रिहाइ भएका उनीहरु शुक्रबार थवाङ पुग्दा  स्थानीयवासीले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।

उनीहरुको रिहाई भएपछी खुसियालीमा थवाङवासीले भोजभतेर समेत गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्ताहरूलाई दाङमा बैठकस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो । जतिबेला थवाङ्गका घर्ती र रोकापनि गिरफ्तार भएका थिए ।

उनीहरु नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला असोज ३० गते घर घेरा हाली प्रहरीले गिरफ्तार गरेको थियो ।

घर्ती र रोका सर्वोच्च अदालतको आदेश अनुसार कैलाली धनगढी कारागारबाट फागुन २१ गते रिहा भएका हुन् ।