भैरहवा, ४ चैत

आफुलाई न्युज २४ टेलिभिजनको पत्रकार बताउने कपिल भनिने खगु बस्याललाई प्रहरीले पक्राउ गरेको छ । पाल्पा बगनासकाली वडा नम्बर ७ घर भैइ बुटवल बस्दै आएको बताउने २६ बर्षिय कपिल बस्याललाई भैरहवाबाट आज प्रहरीले पक्राउ गरेको हो ।
केही समय अगाडीदेखि विभिन्न ब्यक्ति तथा संस्थाहरुमा फोन गरि आफू रवि लामिछानेको विशेष रिपोर्टर भएको बताउने र धम्किपुर्ण कुरा गर्ने गरेको थाहा लागेपछि निवेदनको आधारमा निजलाई पक्राउ गरिएको हो ।
बिशेष गरी यस क्षेत्रका ब्यवसायीहरु र महिलाहरु संगसीधा कुरा जनतासँगको प्रतिनिधी हुं भन्दै सम्पर्क बढाउने र बिस्तारै पैसा मागेर दुख दिने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापाले पुष्टि गरे । हो हामीले पत्रकार हुं भन्दै सर्वसाधारण संग ब्ल्याकमेलिङ गर्ने गर्दै आएका पाल्पाको बगनासकाली गाउपालिका वडा नं ७ का २६ बर्षिय कपिल बस्याललाई नियन्त्रण गरेका छौं थापाले भने ।
बस्यालले बिभिन्न ब्यक्तिहरुलाई रेडियो लुम्बिनीकाे कार्यक्रम संयाेजक हु भन्दै परिचय पनी दिने गरेका थीए । बस्याल अत्याधिक मादक पदार्थ सेवन गरेको अवस्थामा रहेकोले बयान हुन नसकेको र सहज भएपछि बयान लिईने थापाले बताए । पक्राउ परेका बस्याललाई अनुसन्धान पछि आवश्यक कानूनी कार्वाही प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।