बुटवल , ४ चैत
मानब अधिकार तथा शान्ति समाज रुपन्देही कोरोनामा भाइरस(कोभिड १९) नियन्त्रणका तथा रोकथामका लागि सरकारसँग सहकार्य गर्ने भएको छ । समाजले मगंलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सजगता अभियानका सम्बन्धमा राज्यसँग सहकार्य गर्न तयार रहेको बताएको हो।
समाजले कालोबजारी रोक्न अनुगमन गर्ने, आपूर्ति व्यवस्थालाई सहज उचित बनाउन कदम चाल्न जोड दिने, नागरिक सहकार्यमा जोड, पूर्व सतर्कता, सावधानी र सफाई अभियानको विस्तार गर्नका लागि सहकार्य गर्न तयार रहेको समाजका रुपन्देही सभापति डि.पी. खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणमा उल्लेख गरिएको छ । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्थले राज्यलाई संकटको बेला सहकार्य गर्ने प्रतिवद्धता गरेकोमा शान्ति समाजलाई धन्यवाद व्यक्त गरेका छन् । राज्यलाई संकट परेको अवस्थामा समाजका सदस्यहरु स्वयमसेवीका रुपमा जस्तो सुकै सहयोग गर्नका लागि पनि तयार रहेको समाजका सभापति खनालले बताए ।
ध्यानाकर्षण पत्र समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबिन्द खनाल, रुपन्देही सभापति डि.पी. खनाल र रुपन्देहीका सह-सचिव कपिल ज्ञवालीले संयुक्त रुपमा बुझाएका थिए ।