चैत ४, काठमाडौ
भाेलीदेखि शुरु हुने भनिएकाे माध्यमिक शिक्षा परीक्षा [एसईई] स्थगित भएकाे छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।
यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्का राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।
परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो। बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो।कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो। यसैबीच कोरोनाको जोखिम बढेकै कारणले स्थगन गरिएको परिक्षालाई लिएर अनेक चर्चाहरु हुन थालेका छन, कोरोनाको संक्रमण देखिएकै कारण यस्तो हुनसक्ने आशन्काहरु उठ्न थालेका छन ।