काठमाडौं । नेपाल सरकारले लामो दूरीका यातायातमा चैत १० गतेदेखि रोक लगाइएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै भने, आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।