चैत ८/ बुटवल
अखिल नेपाल शिक्षक संगठन ,जिल्ला समिति रुपन्देहीको आयोजनामा महान शिक्षक सहिद खड्ग बहादुर देबकाेटा स्मृति दिवस तथा १० औ शिक्षक दिवस आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा संगठनको इतिहासमा निरन्तर कृयाशिल रहि महत्त्वपूर्ण भुमिका निभाउनु भएका संगठनका पुर्व केन्द्रिय  सदस्य बिजयाश्री तुलाधर ,  कालिका मानबज्ञान मा बि इकाइ सदस्यहरू सुमेररत्न शाक्य , भिम ब थापालाई संगठनले सम्मान गरेको छ ।


कार्यक्रम संगठनका केन्द्रिय अध्यक्ष घनस्याम पाठकले शिक्षकहरुको पेशागत हक र हितको लागि खड्ग बहादुर देवकोटाले खेलेको भुमिकाको चर्चा गर्दै सबैले पेशागत हितमा र मर्यादामा रहन समेत आग्रह गरे । यस्तै संगठनका उपाध्यक्ष गुणाखर भट्टराईले शिक्षकहरुलाई पेशाप्रती इमानदार हुँदै आफ्ननो बर्गको हितको लागि समेत ऎक्यबद्द हुन आग्रह गरे ।

  नेपालको शैक्षिक तथा पेशागत आन्दोलनमा परिवर्तनका पक्षधर शिक्षक ,कर्मचारीहरुको नेतृत्वदायी भुमिका खेल्दै आएको संगठनको इतिहासमा ३५२ शिक्षकहरुले उच्च शाहदत प्राप्त गरेको  प्रसङ्ग स्मरण गर्दै नेपालको राजनीतिक परिवर्तनमा शिक्षकहरूको महत्त्वपूर्ण योगदान रहेता पनि राजनीतिक नेतृत्वले शैक्षिक र पेशागत मुद्दाहरू को सम्बन्धमा भने उदासिनता देखाउदै आएको भन्दै प्रमुख बक्ताहरुले शिक्षकहरूको बलिदानी पुर्ण योगदानलाइ निरन्तर स्मरण गरिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा लोकराज घिमिरे ,बिजयाश्री तुलाधर , रेशम चालिसे लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । जिल्ला अध्यक्ष रेशम चालिसेको अध्यक्षता र सचीव झलक प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको   थियो ।