चैत ११/काठमाडौ
नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्यमन्त्रालयका सह—प्रवक्ता सागर दाहालले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । नमुना परीक्षण गरीएकामध्ये तीन जनामा मात्र कोरोनाभाइरस संक्रमित फेला गरेको प्रयोगशालाले जनाएको छ ।