चैत २०, काठमाडौ
नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।उनी चैत ४ गते नेपाल आएकी थिइन् । उनकाे घर बाग्लुङ र उनी ६५ बर्षिया बृद्धा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्। यसअघि पनि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा देवकोटाले हालसम्म ११८४ वटा नमुना परीक्षण भएको र त्यसमा आजको समेत गरी ६ जनामा पोजेटिभ भेटिएको जानकारी दिए ।
केन्द्रीय प्रयोगशालामा थप ४३ वटा परीक्षण भइरहेको तथा धरानमा पनि १२ वटा नमुना परीक्षण भइरहेको छ । यस्तै हाल १०५ जना आइसोलेसनमा रहेका छन् भने जसमध्ये १६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् ।
कहाँका हुन् कोरोना संक्रमितहरु :-
पहिलो कोरोना संक्रमित – उपचारपछि निको भएर घरमा छन् ।
दोस्रो संक्रमित – काठमाडौंकी १९ वर्षीया युवती ।
तेस्रो -धादिङ का पुरुष
चौथो -धनगढीका ।
पाँचौं -बाग्लुङकी युवती
छैठाैँ -बाग्लुङकी ६५ बर्षिया बृद्धा