चैत २३, बुटवल
बुटवल उपमहानगर ११, नहरपुरस्थित रहेको ज्ञानपुन्ज इङलिस बोर्डिङ स्कुलले १ लाख बराबरको राहात वितरण गरेको छ ।
बुटवल ११ स्थित सिर्जनानगरमा रहेका मजदुरहरुलाई दिनदैनिकीलाई अप्ठ्यारो परेको भन्दै सो स्थानमा आफुहरुले सक्दो सहयोग गरेको स्कुलका संचालक तोयाराम पौडेलले बताए ।
उनले स्कुलले विगतमा पनि सहयोग गर्ने गरेको र अप्ठ्यारोमा परेर बिहानबेलुकी छाक टार्न गारो हुनेहरुलाई सम्पर्कमा आएमा थप सहयोग गर्ने समेत जानकारी दिए । वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रि, नेकपाका वडाइन्चार्ज अन्जान भट्टराई, नेेेकपा का जिल्ला सदस्य राजेेन्द्र ढकाल लगायतको समन्वयमा सहयोग गरिएको थियो ।
दैनिकिको लागि आवश्यक चामल, दाल, तेल, चीनि लगायत अत्यावश्यक बस्तुहरु राहतस्वरुप दिईएको थियो