चैत २४, बुटवल संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का जेठा दाइ चन्द्र बहादुर चन्द विरजंङ अहिले दाङ कारागारमा छन् । यस्तै माईला दाइ जयन्द्र चन्दलाई प्रहरीले केही हप्ता अगाडि पक्राउ गरेको थियोे । भने २ भतिजाहरु बिनोद चन्दलाई काठमाडौ बाट र दिलिप चन्दलाई कपिलवस्तु बाट पक्राउ गरेको छ । सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई २०७६ फाल्गुनमा राजनीतिक कार्यक्रम समेत गर्न नदिने गरि प्रतिबन्ध गरेको थियोे । प्रतिबन्ध संगै सरकारले नेकपाका सयौं नेता कार्यकर्ता गिरफ्तार गर्दै अाईरहेको छ ।अहिले भने सरकारले पछिल्लो समय विद्रोही नेकपाका केन्द्रीय नेताहरु विप्लव र प्रकाण्ड परिवारका सदस्यहरू लाई बढि तारो बनाएको विश्लेषण गरिएको छ ।


केही समय अगाडि पार्टी प्रवक्ता प्रकाण्डको छोरा तथा बिधार्थी नेता नरेन्द्र विकलाई पक्राउ गरेर प्रकाण्ड कहाँ छन् भन् भन्दै दबाब दिएर कुटपिट गरेको समाचार सार्वजनिक भएको थियोे भने अहिले विप्लवका माईला दाइ जयन्द्र चन्द,भतिज तथा विद्रोही नेकपाका मध्यकमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द वीरजंङका कान्छा छोरा दिलिप चन्द लगायतलाई प्रहरीले गैरकानुनी रुपमा गिरफ्तारी गरेर दुख दिएको बुझिएको छ ।
दिलीप चन्दलाई प्रहरीले गएको फाल्गुन २९ गते कपिलवस्तु बाट गिरफ्तार गरि सार्वजनिक मुद्दा चलाएको थियोे भने अदालतले छाड्ने अादेश दिदा समेत पुनः पक्राउ गरि नवलपरासी लगिएको पारिवारिक स्रोतले बताएको छ ।
यसरी कुनै राजनीतिक दल बिशेषलाई हेरेर पारिवारिक ट्रचर दिनु गम्भीर मानवअधिकार विरोधी क्रियाकलाप भएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।