६ बैशाख, २०७७
नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालयहरु आफ्नो प्रचार र नयाँ विद्यार्थी भर्नामा व्यस्त हुन्थ्ये तर अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विगत १ महिनादेखि ठप्पजस्तै बनेका विद्यालयहरु दशै अगाडी नखुल्ने संकेत देखिएको छ ।
शिक्षामन्त्री एक टेलिभिजनमा अन्तर्वार्ता दिदै दशै अगाडि विद्यालय औपचारिक र नियमिततामा खुल्न नसक्ने बताएका छन । उनले अत्यावश्यक परिक्षाहरु चल्ने गरि व्यवस्थापन गरिने भएपनि नियमित कक्षा भने चल्न नसक्ने उनले बताएका हुन । कोरोनाको कारण एसईई, मावी देखि अन्य धेरै तहका परिक्षा समेत रोकिएका छन ।