बैशाख ११, २०७६
नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने निको भएर १० जना घर फर्किसकेका छन् ।
आज ३ जना नयाँ संक्रमित थपिएका हुन् भने ३ जना अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देबकोटाले २ जना नयाँ संक्रमित पुष्टि भएको र २ जना निको भई अस्पतालबाट डिस्चार्ज भएको सार्वजनिक गर्नुभएको थियो ।
त्यसपछि पुनः साँझ ७ बजेर ५० मिनेटमा मन्त्रालयका सह–प्रबक्ता डा. समिरकुमार अधिकारीले पछिल्लो अद्यावधिक तथ्याङ्कमा १ जना संक्रमित थपिएको पुष्टि गर्नुभएको हो ।
आज संक्रमण पुष्टि हुनेमा उदयपुरकी ५५ बर्षीया महिला, धनुषाका १४ बर्षका किशोर र भोजपुरका २६ बर्षका युवक रहेका छन् त्यस्तै कैलालीकी एक महिला र सनसिटी अपार्टमेण्टका २ जना आमा र छोरा सहित ३ जना निको भएर घर फर्केका छन् ।