१३ बैशाख, २०७६
स्याङ्जा संवाददाता
गल्याङ् नगर अस्पतालको तालाबन्दीको समाचारको बिषयलाई लिएर नगरपालिकाले गल्याङ्का पत्रकार टिकाराम अधिकारी संग लिखित स्पष्टीकरण मागेको छ । नगरपालिकाका प्रमुख प्रशांसकिय अधिकृत ईश्वरी प्रसाद पाण्डेले पत्रकार अधिकारीलाई तालाबन्दी गरेको समाचार किन बाहिर ल्याएको हो भन्दै लिखित स्पष्टीकरण मागेको पत्र काटेको हुन ।
अस्पतालका कर्मचारीले ८ महिना यता तलब नपाएको भन्दै तालाबन्दी गरेका थिए,उक्त तालाबन्दी गरेको फोटो सहितको समाचार पत्रकार अधिकारी लगायत अन्य मिडियाले समेत लेखेका थिए ।
हाम्रो सम्पर्कमा अाएका पत्रकार अधिकारीले मलाई गल्याङ् नगरपालिकाबाट अनावश्यक दबाब र धम्कि अाएको बताए ।
पत्रकारले लेखेको समाचारमा कुनै गुन्जायस भए उजुरी गर्ने निकाय प्रेस काउन्सिल तथा अदालत हो तर नगरपालिकाले न्युनतम अांचारसंहिताको खिल्ली उडाएर पत्रकार अधिकारीलाई पत्र काटेर लिखित स्पष्टीकरण माग्नु गल्याङ् नगरपालिकाको तानाशाही प्रवृत्ति भएको जानकारहरु बताउछन् ।
पत्रकार अधिकारी पेशागत हिसाबले शिक्षक समेत हुन ।
बिगत लामो समय देखि पत्रकारितामा समेत कलम चलाउदै अाएका अधिकारीलाई नगरपालिकाका प्रशाशकिय अधिकृत पाण्डेले भने,उहाँ शिक्षक भएकोले स्पष्टीकरण सोधेको बताए ।


उसो भए कोही पनि शिक्षक र कर्मचारीले फेशबुक तथा सामाजिक सञ्जालमा केही लेख्न नपाईने हो भन्ने हाम्रो प्रश्नमा पाण्डेले अाफु अफ्ट्यारोमा परेकाले त्यसो गरेको बताए ।
अस्पताल तालाबन्दी किन भएको त भन्ने हाम्रो प्रश्नमा पाण्डेले हास्यास्पद तर्क राख्दै भने-फोटो खिच्नको लागि तालाबन्दी गरिएको रहेछ । हामीले उनलाई पुनः भन्यौं तपाईं गैरजिम्मेवार तर्क गर्दैहुनुहुन्छ कोही कर्मचारीले यस्तो विषम परिस्थितिमा रमाइलोको लागि तालाबन्दी गर्दैनन् भनेपछि उनले म अफ्ट्यारो परेर सहजीकरण गरेको दुखेसो राखे ।
शिक्षक राजनीति बाट राजनीतिक जिवनमा प्रवेश गरेर नगर प्रमुख निर्वाचित भएका भुपराज अधिकारीले यस्तो संवेदनशीलतालाई गम्भीर ढंगले बुझ्ने पर्ने थियोे,यदि पत्रकार अधिकारी शिक्षक मात्रै भएको भएपनि नगर प्रमुख अधिकारीले अाफ्नो विगतको शिक्षक राजनीतिक पृष्ठभूमि बुझ्नु पर्ने थियोे ।यता पत्रकार अधिकारी त एउटा साप्ताहिक पत्रिकाको जिम्मेवार सम्पादक र गल्याङ् क्षेत्रका स्थापित पत्रकार समेत हुन ।