१४ बैशाख, काठमाडौ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
लकडाउन पूर्वघोषित १५ वैशाखसम्म रहेकाे थियाे । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेपछि सरकारले यस्ताे निर्णय गरेकाे हाे ।
यसैगरी आन्तरिक रुपमा रणनीति फेरेर जनजिवन सामान्य बनाउन माग समेत भएको छ । लामो समयदेखि लकडाउनको सामना गर्नुपर्ने भएकोले यसलाई आन्तरिक रणनीति फेर्नुपर्ने बताईरहेका छन । कोरोना देखिएको जिल्लाहरुलाई सिल गर्ने, बिदेशि आवागमन लाई बन्द गराउने, उडान बन्द गर्ने र जिल्लाका सिमानाकाहरु बन्द गराएपनी जिल्लाहरु आन्तरिक खोल्नुपर्ने भन्दै चर्को मागहरु आम जनताले सामाजिक सन्जालमा उठाएका छन ।