दाङ, १४ वैशाख ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई अाज जिल्ला प्रशासन दाङले रिहा गर्न अादेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गरेर बकपिलवस्तु लगेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका अाज जिल्ला प्रशासन कार्यालय दाङले २ हजार धराैटी रिहा गर्न अादेश दिएको थियो । दाङकाे घाेराही वडा प्रहरी कार्यालयको हिरासतमा रहनु भएका उहाँलाई प्रहरीले पुनः गिरफ्तार गरेर बेपत्ता बनाइएको छ ।
@विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाउनु अघि २०७५ फागुन ११ गते उहाँलाई अछामबाट गिरफ्तार गरेर अहिलेसम्म विभिन्न अाधा दर्जन भन्दा बढी जिल्लामा प्रहरीले घुमाइ सकेकाे छ । सुरुमा अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके र दाङकाे जेल हिरासतमा प्रहरीले राखिएकाे थियोे तर उहाँलाई यसरी पटकपटक गिरफ्तार गरि जेल हिरासत राखिरहने कुनैपनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छाेड्ने अादेश दिइराखेकाे भएपनि माथिको अादेश भन्दै प्रहरीकाे टाेलीले गिरफ्तार गरिरहेकाे छ ।
देश यतिबेला काेराेना भाइरस संक्रमणकाे सन्त्रासका कारण लकडाउनमा रहेको छ तर जिल्ला प्रहरीले भने नेपाल कम्युनिस्ट पार्टीका नेतालाई गिरफ्तार गरेर यस्तो बेलामा पनि एक जिल्लाबाट अर्को जिल्लामा लगिराखेकाे छ ।
उहाँका छाेरा प्रतीक चन्दले दायर गरेको रिटमा सर्वोच्च अदालतले पनि कारण देखाउ अादेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नु भनी अादेश दिइसकेको बेला पनि अदालतको अादेश विपरीत ठाउँ परिवर्तन गरि कपिलवस्तु लगिएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी भगवानराजले अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई जिल्ला प्रशासन कार्यालयले रिहा गर्ने अादेश दिइसकेको बेला पनि प्रहरीले पुनः गिरफ्तार गरेकोप्रति कडा अापत्ति जनाउदै प्रधानमन्त्री केपी अाेलीकाे ठाडो अादेशमा राजनीतिक पूर्वाग्रही ढंगले गिरफ्तार गरिएकाे अाराेप लगाउनुभयाे । उहाँले भन्नुभयो -‘केही जिल्लाका प्रहरी सकारात्मक छन्, तर दाङ जिल्ला प्रहरी प्रमुख जनक भट्टराई केपी भक्त बनेर राजनीतिक पूर्वाग्रही ढंगले हाम्रा पार्टीका नेताकार्यकर्ताहरूलाई अहिले पनि गिरफ्तार गरिरहेका छन् ।’
केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुवाससहित ४ जनालाई दाङ जिल्ला प्रहरीले पुनः गिरफ्तार गरेपनि पछि बाँके प्रहरीले रिहा गरेको थियो ।