बैशाख १९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले १३१ औँ विश्व मजुदर दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विश्वभरका मजदुरहरुको रोजगारी पूजिपति वर्गको स्वेच्छाचारीकताको शिकार भएको र यसले करोडौं मजदुरहरु समस्यामा परेको बताएका छन् ।‘वर्तमान पूँजीवादी विश्वले पूँजीको उत्पादन र विस्तारको मुख्य उत्पादक शक्ति मजदुरवर्गलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, संचार र यातायात लगायतका आधारभूत आवश्यकताबाट बञ्चित गराएर पासविक शोषण गरि राखेको छ,
विश्वभरीका मजदुरहरुको आधारभूत आवश्यकता परिपुर्तिको प्रश्न जल्दो बल्दो मानव अधिकारको प्रश्न बन्न पुगेको छ । मजदुरहरुको रोजगारी पूँजीपतिहरुको स्वइच्छाचारिताको शिकार भएको छ ।” प्रकाण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विगत पाँच महिना देखि विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोना भाईरसका कारण संसारभरि लाखौ मजदुरहरुले रोजगारी गुमाईरहेको र मजदुरहरु जोखिमपूर्ण अवस्थामा पुगेको उनले बताएका छन् ।
बन्दाबन्दी पछि नेपालमा मजदुरहरुको अवस्था निकै दयनिय भएको भन्दै सरकार भने सत्ता संघर्ष र गुटबन्दीको खेलमा लिप्त भएको प्रकाण्डले बताए ।
दलाल पूँजीपति वर्ग र संसदीय व्यवस्थाका कारण नेपालका मजुदरहरुको रोजगारी एकपछि अर्कोगरि धरापमा पर्दै गएको उनले बताएका छन् ।
मजदुरको दैनिक रोजीरोटीको सवाल असाध्यै जटिल भएको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने असंगठित क्षेत्रका मजदुरहरुको त चुलो बल्न नै छाडेको छ । सरकारी पार्टी र सरकार भने सत्ता संघर्ष र गुटबन्दीको बौलठ्ठीपूर्ण खेलमा लिप्त छ । राहत वितरणमा सरकार राजनैतिक र पक्षपाति खेल खेलीराखेको छ । पाउनुपर्ने पिडित र मजदुरहरुले पाईरहेका छैनन् भने नपाउनुपर्ने मान्छेले गोदाम खडा गर्ने धृष्टता गरिरहेका छन् । सरकार भने राहत वितरणको गित गाइरहेको छ ।’ प्रकाण्डको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस् विज्ञप्तिः