२३ बैशाख, पाल्पा
पाल्पाको माथागढीमा रहेको माथागढी बहुउद्देश्यीय सहकारी संस्थाले लकडाउनको समस्यालाई मध्यनजर गर्दै कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको ।

सहकारीले नै जंगलमा फलेको काफल लगायत तरकारीहरु टिपेर बजारमा बेच्ने र र गाउँमा अावश्यक चामल अन्य सामाग्री गाउँमै पुर्‍याउने व्यवस्था मिलाएको छ ।


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमै काफल टिप्न नपाएर बोटबाटै झरेर सकिन्छ कि भन्ने स्थानीवासीलाई चिन्ता गरेपछि सहकारीको पहलमा “काफल बेचेरै जीविकोपार्जनका लागि अन्नको जोहो गर्ने अभियानमा लागेको सहकारी संस्थाका अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।


पाल्पा झडेवा, ज्यामिरे, बक्सादी, कसेनी,

सिकारकोटलगायत स्थानमा पर्याप्त काफल पाइन्छ । श्रम गरेर जीविकोपार्जन गर्नेहरु लकडाउनका बेला समस्यामा परेका बेला सहकारीले यसको व्यवस्थापन मिलाएको हो ।
काफल तथा सिप्लिकान,, कर्कलो, भुटुक, कोइरालो, काँक्रो, गोलभेंडा, धनियाँ,तरुण लगायत तरकारी सस्तो दरमा बुटवल पाल्पा लगिएको छ ।