• मुख्य समाचार
  • राजनीति
  • समाज
  • विचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • थप अरु
    पत्रपत्रिका कुराकानी स्वास्थ्य शिक्षा प्रबिधि रोजगार रोचक

नेकपाका नेता अनिल ‘विरही’ गिरफ्तार

खबर संवाद
बैशाख २३, चितवन
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीलाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो। स्रोतले पक्राउबारे पुष्टि गर्दै भन्यो, ‘हामीले शर्मालाई चितवनबाट पक्राउ गरेका हौं। अहिले यहाँभन्दा बढी भन्न मिल्दैन।’

बिरही विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन् ।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए। जनयुद्धमा लामो समय संघर्ष गरेका शर्मा शान्ति आएपछि सांसद मन्त्री केही भएका थिएनन्।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढी: हालसम्म १६२ जनाको शव फेला, सयौं बेपत्ता
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने
रोल्पामा पहिरोले तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता
किशोर श्रेष्ठ पक्राउपछि, जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
लुम्बिनी प्रदेश सरकार गठनमा निर्णायक बन्यो मसाल, ओली प्रचण्डसँग २ बुँदे सहमती
प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता
भर्खरै प्रकाशित
भोटेकोशी बाढी: हालसम्म १६२ जनाको शव फेला, सयौं बेपत्ता
12:08 PM
कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने
2:49 PM
रोल्पामा पहिरोले तीन जनाको मृत्यु, ९ जना अझै बेपत्ता
1:15 PM
किशोर श्रेष्ठ पक्राउपछि, जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीको छापा
1:12 PM
लुम्बिनी प्रदेश सरकार गठनमा निर्णायक बन्यो मसाल, ओली प्रचण्डसँग २ बुँदे सहमती
4:41 PM
प्रधानमन्त्री शाह र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता
2:26 PM

सम्पर्क ठेगाना

  • जन गर्जन मिडिया प्रालि

    बुटवल -११ रुपन्देही

    +९७७-९८५७०३७२६४

    khabarsambad264@gmail.com

    सूचना विभाग दर्ता नंः : १६७५/०७६-७६

अन खबर टिम

  • कार्यकारी सम्पादक : शिब डुम्रे

©2026, onkhabar.com, All Right Reserved. ||Powered By : TopLine Technology