• मुख्य समाचार
  • राजनीति
  • समाज
  • विचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • थप अरु
    पत्रपत्रिका कुराकानी स्वास्थ्य शिक्षा प्रबिधि रोजगार रोचक

नेकपाका नेता अनिल ‘विरही’ गिरफ्तार

अन खबर
बैशाख २३, चितवन
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीलाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो। स्रोतले पक्राउबारे पुष्टि गर्दै भन्यो, ‘हामीले शर्मालाई चितवनबाट पक्राउ गरेका हौं। अहिले यहाँभन्दा बढी भन्न मिल्दैन।’

बिरही विप्लव नेकपाका केन्द्रीय प्रकाशन विभाग प्रमुख समेत हुन् ।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा थिए। जनयुद्धमा लामो समय संघर्ष गरेका शर्मा शान्ति आएपछि सांसद मन्त्री केही भएका थिएनन्।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए।

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
विप्लव नेतृत्वको नेकपा र माओवादी (समाजवादी)बीच पार्टी एकता
७ बर्ष राष्ट्रप्रमुख बनेकी विद्यादेवि भण्डारीको कार्यकाल आज सकियो, नीजि निवास सर्दै
सहिद परिवारको घरघरमा रुख रोप्दै सहिद सप्ताहा मनाउदै नेकपा स्याङजा
नेपाल यू १९ विश्वकपमा छनौट, युएईसँग रोमान्चक जित
अर्घाखाँची सिमेन्टको त्यो गुपचुप दुर्घटना……..
६४ दिन मन्त्री बनेका एमाले मन्त्रीहरुले बुझाए राजीनामा
भर्खरै प्रकाशित
विप्लव नेतृत्वको नेकपा र माओवादी (समाजवादी)बीच पार्टी एकता
1:05 PM
७ बर्ष राष्ट्रप्रमुख बनेकी विद्यादेवि भण्डारीको कार्यकाल आज सकियो, नीजि निवास सर्दै
10:13 AM
सहिद परिवारको घरघरमा रुख रोप्दै सहिद सप्ताहा मनाउदै नेकपा स्याङजा
6:59 PM
नेपाल यू १९ विश्वकपमा छनौट, युएईसँग रोमान्चक जित
6:53 PM
अर्घाखाँची सिमेन्टको त्यो गुपचुप दुर्घटना……..
5:53 PM
६४ दिन मन्त्री बनेका एमाले मन्त्रीहरुले बुझाए राजीनामा
4:07 PM

सम्पर्क ठेगाना

  • जन गर्जन मिडिया प्रालि

    बुटवल -११ रुपन्देही

    +९७७-९८५७०३७२६४

    [email protected]

    सूचना विभाग दर्ता नंः : १६७५/०७६-७६

अन खबर टिम

  • कार्यकारी सम्पादक : शिब डुम्रे

©2019, onkhabar.com, All Right Reserved. ||Powered By : TopLine Technology