२३ बैशाख, बुटवल ।
विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले कोरोना भाइरस संक्रमणले लकडाउन लम्बिइरहंदा बुटवल आसपास भाडामा बस्ने बिद्यार्थीहरू तथा मजदुर परिवारलाई राहत वितरण गरेको छ। खाद्यान्न अभाव झेलिरहेका बिद्यार्थीहरू तथा मजदुर परिवारलाई राहत स्वरुप चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो।करिब तीन दर्जनलाई राहत वितरण गरिएको सो संगठनका केन्द्रिय सदस्यले जानकारी दिए। यसैबीच केही समय अगाडी सो संगठनले डेरामा बस्ने विद्यार्थीलाई राहात वितरण गर्न आव्हानसमेत गरेको थियो ।