बैशाख २४ काठमाडौं ।
पर्सामा २ महिने शिशुसङै १७ जना थप नेपाली नागरिकमा कोरोना देखिएको छ । कोरोना पुष्टि भएकामध्ये २ महिने शिशु सम्भवत विश्वकै कान्छो शिशु हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा १७ जना संक्रमित थपिएको जानकारी गराइएको हो ।
१७ जनामध्ये एक जना दुई महिनाका शिशु रहेका छ्न । पर्साका १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्ये १० जना पुरुष र ७ जना महिला रहेको डा. देवकोटाले बताउनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। प्रवक्ता डा. विकास देवकोटाले दुई महिनादेखि ६६ वर्षसम्मको उमेर समूहका रहेको जानकारी दिनुभयो ।
यससँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ
यसैगरी, बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।