बैशाख २७ अछाम । विश्वव्यापी महामारकिो रुपमा फैलिएको कोरोना भाईरसका कारण दैनिज जीवन समेत संकटमा परीरहेका बेला नेकपा निकट राष्ट्रिय युवा संगठनले अछामका राजबन्दी तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
संगठनका केन्द्रीय सदस्य ईन्द्र बिक्रम साउद (बिजय) को नेतितृवमा राहात बितरण गरिएको सो संगठनले जनाएको छ । उक्त राहत बितरण कार्यक्रममा बोल्दै साउदले युवाहरूको कोरोनाले जनताको जीवन संकटमा पारेका बेला समेत राज्य गैर जिम्मेवार बनेको बताए ।
उनले जनता सडकमा बस्तीमा पीडामा बसिरहे पनि सरकारले गंभीरताका साथ उनीहरुको गाँस बासको व्यवस्थापन गर्न नसकेको भन्दै बिरोध गरे ।
विभिन्न ठाँउमा जिल्लामा राहत वितरण यस अघि पनि भएको र पछि पनि हुने सो संगठनले जनाएको छ । ढाकरी गाँउपालिकाका १५ राजबन्दी तथा अति विपन्न परिवारलाई ५० केजीका दरले चामल, २ किलो दाल, दुई पोका तेल, २ पोका नुन र दुई दुई वटा साबुन वितरण गरिएको युवा संगठन अछामले जनाएको छ ।