बैशाख २७,
उदयपुरको भुल्केका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलामा कोरोना पोजेटिभ देखिएको हो।
आज थपिएकी संक्रमितलाई भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भने ३१ जना उपचार पछि निको भएर घर फर्किएका छन् । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणमा उदयपुरको भुल्केका तीन, कपिलवस्तुको कपिलवस्तुको मायादेवी नगरपालिकाका तीन र पर्साका एक जना गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना युवक तथा पर्साको छपकैयाका ६२ वर्षका पुरुष गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालगन्जमाबाट काठमाडौ स्वाब टेस्टको लागि लगिएको छ ।
स्वाब सङ्कलनदेखि आरडीटी र पीसीआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भीटीएम र रिएजेन्ट्सलगायतको किट पर्याप्त आएकाे छ । शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लगिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।