कैलाली संवाददाता
भारतले नेपालको भुमि प्रयोग गरि चिनसंग जोड्ने ब्यापारिक मार्गको उद्घाटन गरिएको बिषयमा कैलालीका ६ बिधार्थी संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै अान्दोलन चर्काउने घोषणा गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष सुवास जोशी,मोहन बैध नेतृत्वको क्रान्तिकारी माअोबादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष पुष्कर जोशी,नेविसंघका पुर्व केन्द्रीय सदस्य विनय लामा,राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनका केन्द्रीय उपाध्यक्ष कमल बम,समाजवादी बिधार्थी संगठनका केन्द्रीय सदस्य चट्टान अाचार्य र अखिल छैटौंका जिल्ला सचिव गणेशनाथ योगीले संयुक्त वक्तव्य जारी गर्दै भारतीय हस्तक्षेपको घोर निन्दा एवं भत्सर्ना गरेका छन् ।
वक्तव्यमा साम्राज्यवादि भारतका रक्षामन्त्री राजनाथ सिहले नेपाली भुभाग गुन्जी र लिपुलेख हुँदै धार्चुला र मानसरोवर जोड्ने ब्यापारिक मार्ग उद्घाटन गरि सक्दा समेत नालायक , राष्ट्रघाती ओलिसरकारको उदासिनता र लाचारिपन प्रति संयुक्त विद्यार्थी संगठन खेद प्रकट गर्दछौँ वक्तव्यमा भनिएको छ । साथै सरकार संग कुटनैतिक पहलका लागि सरकार संग संयुक्त विद्यार्थी संगठनले जोडदार माग गरेको छ ।
नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण विद्यार्थी , बुद्धिजीवी , प्राध्यापक , कृषक, श्रमिक, सुरक्षाकर्मी , पत्रकार ,नागरिक समाज , लगायत सम्पुर्ण राष्ट्रभक्त ,न्यायप्रेमी जनसमुदायमा संयुक्त विद्यार्थी संगठन हार्दिक अपिल गर्दछौं वक्तव्यमा भनिएको छ ।