झापा संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चार्ज तथा मेचिकाेशि ब्युराे कार्यालय सचिव सुमनसिंह पाैडेललाई प्रहरीले पुनः पक्राउ गरेको छ । झापा जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाएर रिहाइ भएका पौडेललाई पुनः पक्राउ गरि सुनसरी लगिएको नेकपा स्रोतले अनखबरलाई बतायो ।
नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी व्युरो ईन्चार्ज उमा भुजेल शिलु संगै गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरिएका पौडेललाई यसअगाडी जिल्ला अदालत सुनसरीले १० हजार धरौटीमा रिहा गरेको थियोे ।
नेतृ भुजेल र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिए पनि पुन सुनसरी बाट पुनः पक्राउ गरि उनीहरूलाई झापा लगिएको थियोे । नेता पौडेल नेकपा झापाका स्थापित युवा नेता हुन ।