बैशाख २९, रुपन्देही
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले देवदहको १ को ६ नम्बर चोकमा भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको पुत्ला दहन गरेको छ । नेपालको भुभागमा गरिएको भारतीय हस्तक्षेपको विरोधस्वरुप आज देशभर भारतिय प्रमको पुत्ला दहन एवं विरोध कार्यक्रम नेकपाले घोषणा गरेको थियो ।

पुत्ला दहन कार्यक्रममा भारतले राष्ट्रियतामाथी गरेको नाङ्गो हस्तक्षेपको बिरोध सभासमेत गरिएको थियो  । कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य एव क्षेत्रिय इन्चार्ज शिशिरले जनतालाई लकडाउनमा थुनेर सरकारले भारतसग गोप्य रुपमा सत्ता बचाउनको लागि लिपुलेक बेचेको आरोप लगाए । उनले यसैगरी राष्ट्रिय स्वाधीनता माथी हस्तक्षेप गरेमा त्यसको मुल्य महङ्गो पर्ने समेत बताए । भारतले साम्राज्यवादी अभियान अन्तर्गत कमजोर देशहरुमाथी हस्तक्षेप गर्ने र चेपुवामा पारेर अन्तरविरोध सिर्जना गर्ने गरेको छ । यसको समाधानको कुटनैतिक पहललेमात्र नपुग्ने भन्दै हस्तक्षेपविरुद्द एकपटक जेहाद छेड्न जरुरी रहेको र त्यसको नेतृत्व नेकपाले गर्ने भन्दै तयार रहन नेता पुनले सबैलाई अनुरोध गरे । झण्डै २ दर्जन जनताहरुको उपस्थितिमा भएको कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको पनि उपस्तिथ रहेको थियो ।  उपस्थित जनताहरुले भारतिय साम्राज्यवाद मुर्दावाद, लिपुलेक हाम्रो हो, नरेन्द्र मोदि मुर्दावाद लगायत नाराहरु समेत लगाउदै मोदिको आकृती भएको पुत्ला दहन गरेका थिए ।