शिव डुम्रे / बुटवल
रुपन्देही पहिलो कोरोना संक्रमित कोटहिमाईका २५ बर्षिय युवालाई कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने भएको छ ।
कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा सुदर्शन थापाका अनुसार शुक्रवार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने भएको हो ।
उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
रुपन्देहीको कोरोना विशेष अस्पतालमा हाल २२ जना उपचाररत छन । रुपन्देहीमा हालसम्म १७ जनामा कोरोना संक्रमित भैसकेको छ ।