काठमाडौं, २ जेठ । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ ।  मकवानपुर र बाकेँमा गरी ९ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार ९ जनामा कोराेना पुष्टि भएको हो ।

नयाँ पाेजिटिभ देखिएका मकवानपुर निवासी ३७ वर्षीय पुरुष; बाँके, नैनापुर-०१. ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुष  हुन् ।  उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको मन्त्रालयले जनाएको छ ।