जेठ ५,
महासचिव विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले भारतद्वारा गरिएको लिपुलेक -कालापानी – लिम्पियाधुरा लगायतका नेपाली भूमि अतिक्रमण, ओली सरकारको राष्ट्रिय आत्मसमर्पण बिरुद्ध बुटवलमा बिरोध प्रदर्शन गरेको छ। लिपुलेक हुदै मानसरोवर जोड्ने बाटो भारतले एकतर्फी खनेर उद्घाटन गरेपछि यसको बिरुद्ध देशैभर बिरोध भइरहेको छ।
भारतीय साम्राज्यवाद -मुर्दावाद! लिपुलेक, कालापानी- लिम्पियाधुरा हाम्रो हो ! भारतीय सेनापतिको अभिव्यक्ति -मुर्दावाद! १९५० लगायतका सम्पूर्ण असमान सन्धि खारेज गर ! लगायतका नाराहरू लेखिएको पोस्टर बोकेर संगठनले बिरोध प्रदर्शन गरेको हो।
अखिल (क्रान्तिकारी)को नेतृत्वमा गत बर्ष पौष ८ मा नेपाली भुमि माथि भारतीय हस्तक्षेप बिरूद्ध हजारौ बिद्यार्थीहरूद्वारा बिरोध प्रदर्शन गरिएको थियो।सो संगठनले भारतीय विस्तारवाद विरुद्ध लामो समय देखि निरन्तर आन्दोलन गर्दै आइरहेको छ।