शिव डुम्रे /बुटवल
जेष्ठ ५ , बुटवल
लामो समयदेखी अन्य व्यक्तीको सम्पर्कमा नरहेका गुल्मी मदाने वडा नं. ६ का स्थानीय व्यक्तीमा कोरोना संक्रमण देखिएपछि कोरोना भाइरसको विकास कसरी र कहाँबाट भएको हो भन्ने बारेमा अन्योल देखापरेको छ । पछिल्लो २१ दिनसम्म नयाँ अन्य ठाउँबाट आएका अपरिचित मान्छेसँग सम्पर्कमा समेत नरहेका गुल्मीका स्थायी शिक्षक ४१ बर्षिय व्यक्तीलाई जण्डिसको मात्रा बढेपछि बुटवलस्थित उपचार गर्न क्रिमसन अस्पताल आए ।

उनी जेष्ठ २ गते आफूलाई असहज भएको भन्दै चेकजाँच गर्नको लागि अर्घाखाँचीको सन्धिखर्क पुगेका थिए । त्यहास्थित छायाँ पोलिक्लिनकमा चेक गरेर थप उपचारको लागी बुटवल आए । जेष्ठ १ गते उपचारको लागि मणिग्राम आएका उनको श्वासप्रश्वासमा थप समस्या देखिएपछि २ गते आईसियूमा राखियो । उपचारको क्रममा कोरोनाका केही लक्षणहरु देखिएपछि उनको स्वाव टेस्टको लागी २ गते भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाईयो । उनको रिपोर्ट आजमात्र पोजेटिभ भएर आयो ।

उनी पछिल्लो १ महिनादेखी धेरै टाढा गएका छैनन, उनले अध्यापन गराउने विद्यालयमा क्वारेन्टाइनको स्थापना गरिएको छ, उनी कहिलेकाहीँ सोही अनुगमनमा पुग्ने गरेको त्यहाँस्थित उनका साथीहरु बताउँछन । परिवारका अनुसार उनी पछिल्लो १ महिनादेखी गाउँभन्दा बाहिर नगएको र त्यस्तो व्यक्तीको सम्पर्कमा नरहेको बताउँछन् । यहाँनेर प्रश्न खडा हुन्छ उसो भए उनलाई कहाँबाट कोरोना संक्रमण भयो । सुरुमा नियोमिना रोगले सामान्य अवस्थामा रहेका उनलाई हप्तादिनको अन्तरमा जण्डिस रोग देखाप¥र्याृे, जण्डिसले उग्र रुप लिएपछि उनलाई श्वासप्रश्वासमा समस्या देखियो जुन सामान्यता कोरोनाले संक्रमण गरेको व्यक्तीलाई हुने गर्दछ । उनलाई कोरोनासँगै अन्य रोगहरुले पनि च्यापेको थियो, सामान्यतयाः धेरै रोगहरु सँगै कोरोना संक्रमण हुनु भनेको शरिरको रोग प्रतिरक्षात्मक अवस्था कमजोर हुँदै जानु हो र जसको कारण मानिसको मृत्यु समेत हुने गरेको छ ।

उनलाई १ गते क्रिमसन अस्पतालमा भर्ना गरियो, अवस्था विग्रन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो, भेन्टिलेटरमा राखिसकेपछि कम्तीमा ३ जना नर्स तथा स्टाफहरुले उनको दैनिकी चेकजाँच गर्ने र औषधी खुवाउने गर्छन । उनीसँग एकजना विरामी कुरुवाको रुपमा दैनिक सम्पर्कमा थिए, ३ जना डाक्टरहरुले उनलाई बेलाबेलामा चेकजाँच गरेका थिए । यसको अर्थ उनमा कोरोना कहिलेदेखी थियो भन्नेले निर्धारण गर्छ । पछिल्लो समय उनलाई कोरोनाको लक्षण देखिने अवस्था भएपछि स्वास्थ्यकर्मी सचेत भएपनि सोभन्दा अगाडी सामान्य विरामीलाई जस्तै रेखदेख गरेका थिए । सामान्यतय मुख्य लक्षणहरुसमेत लुप्त रहने कोरोना उनलाई कहाँबाट स¥र्यो भन्ने एकिन छैन । उनको लोकेसन ट्रयाक गर्दा समेत उनी बाहिर कतै गएको देखिदैन, यसको अर्थ हो उनलाई हस्पीटलबाटै वा यस्तै संवेदनशिल ठाउँहरुबाट यो संक्रमणको सुरुवात भएको हो । हस्पीटल हाम्रो दैनिकी हो, हामी सामान्य चोटहरुदेखी नियमित चेकजाँचको लागी हस्पीटल जाने गर्दछौं जहाँ हजारौं मानिसहरुको ओहोर दोहोर हुन्छ, अनावश्यक काममा हस्पीटल वा भिडभाडमा नजादा हामी बच्न सकिन्छ ।

यता गुल्मीको मदाने गाउँपालिका पुर्काेटका गाउँबासीहरु त्रसित बनेका छन्, आफ्ना गाउँका स्थायी शिक्षकलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै कतिजनालाई कोरोना देखिन सक्ने भन्दै गाउँलेहरुले तत्काल स्वाव टेष्ट गर्न अपिल समेत गरेका छन्, स्थानीय साजन कुवँरका अनुसार त्यहाँका सबै मान्छेहरुले स्वाब टेष्ट गर्नको लागी आतुर छन् । यता प्रदेशको सामाजिक विकास मन्त्रालयले केही स्वास्थ्यकर्मीको टोली बनाएको र स्वाव संकलनको लागी भोली नै सम्बन्धित ठाउँमा पठाउने जनाएको छ ।