जेठ ८ कालिकोट । अ.खिल (क्रान्तिकारी ) भक्तपुरका का नेता दयाराम नेतृत्व लुहारको जन्मस्थल कालिकोटमा साबुन सेनिटाइजर दिदै जनचेतनामुलुक कार्यक्रम गरेका छ्न ।
विश्वव्यापी कोभिड (१९) विरुद्धको लडाइमा जित हासिल गर्नका लागी कालिकोट रास्कोट न पा का २२० घरको दैलोमा पुगि सचेतना फैलाउदै साबुन सेनिटाइजर बितरण गरिएको छ । कर्णालीका जनतालाइ कुहिएको चामल नचाहिएको बरु कोरोनाको बारेमा चेतना चाहिएको स्थानिय जनताको चाहाना ।

हामी बाच्न चाहान्छौ हामीलाई कोरोनाको बारेमा चेतना आवश्यक भएको , युवाहरुको पहल कदमले हामीलाई ठुलो शिक्षा दिएको सधै दुखको बेला अशिक्षित र गरिब जनताको सेवा गरिरहनु भनी स्थानियले आशिर्वाद दिएका लुहारले बताए । यो काम सरकारको हो तर चुनाबको बेला मात्र आउने दुखको बेला भुल्ने र सहयोग गरे पनि जनताको आवश्यकता र चाहाना बमोजिम नगर्ने भएकाले सरकारले गर्ने काम गाउका युबाहरुले गरेको भनी धन्यवाद दिएका छन । हामी भोगले नमर्ने बरु चेतना नदिएका कारण रोगले मर्न सक्ने बताएका छन ।

कर्णाली भारतमा रहेका करिब २५ हजारको हाराहारी स्वदेश फर्किन चाएको र आउने तर उनिहरुसँग कस्तो व्यबहार गर्ने कसरी आफू ,आफ्नो परिवार समुदायलाई कोरोनाको संक्रमणबाट बचाउनेबारे थाहा नभएको तर युवाहरुले कोरोनाको संक्रमण बाट बच्ने उपाय र लक्षण बारेमा सबै कुरा जनतालाई बुझाएकोले जनता खुसी भएको नेता लुहार बताए ।