बुटवल,९ जेठ ।
नवलपरासी र कपिलवस्तु सहित नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरस संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारिले जनाएका छन्।
संक्रमितहरुमा मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ।