बुटवल जेठ ९ / मणिग्रामकाे क्रिमसन अस्पतालमा निधन भएका काेराेना संक्रमित शिक्षककाे परिवारको सहमती बिना नै शव उठाइएको छ
बिहिवार उपचारका क्रममा निधन भएका ४१ बर्षिय शिक्षककाे सव स्थानीय प्रशासनले उठाइ ब्यवस्थापन गरेकाे हाे ।
जेठ १ गते उपचारका लागि अस्पतालमा आएका उनकाे विहिवार बिहान ७:१० मा मृत्यु भएकाे घाेषणा अस्पतालले गरेपनि मृतकका आफन्तले उपचारमा लापरबाहीले मृत्यु भएकाे भन्दै सव ब्यवस्थापनमा सहमति नदिएका कारण अस्पतालकाे अाईसियुमै शव रहेको थियााे ।
अपरान्ह २ बजे स्थानीय प्रशासनले काेराेनाका कारण मृत्युु भएकाहरुकाे सव ब्यवस्थापन कार्यबिधी अनुसार ब्यवस्थापन गर्ने गरि नेपाल प्रहरी र नेपाली सेनाकाे टाेलीले अस्पतालबाट सव लगेर ब्यवस्थापन गरेको हो।
मृतककाे सव कहाँ ब्यवस्थापन गर्नेे भन्ने बिषयमा समेत बिवाद बढदा केहि समय अन्याैलता बढेको थियो ।
परिवारकाे असहमतिका बिच उठाईएकाे उक्त सव पारिवारिक र उनीहरुको धार्मिक परम्परा जलाउनु पर्ने भएपनि त्यस बिपरित बनमा लगेर गाडीएको छ ।
मृतकको सव तिलाेत्तमा नगरपालिकाकाे वडा नं ३ स्थित मगरघाटमा ब्यवस्थापन गर्ने प्रयत्नमा स्थानीयले असहमति जनाएका कारण, तिलाेत्तमा कै वडा नं १४ अमुवा पुल नजिक ब्यवस्थापन गर्ने प्रयत्न समेत स्थानीयले सहमति दिएनन् ।
उक्त सव सैनामैनाकाे सालझण्डीमा रहेको सामुदायिक बनमा ब्यवस्थापन गर्ने प्रयत्न सफल हुन नसकेपछि स्थानीय प्रशासनले बुटवल धागो कारखानाको पूर्व तर्फको जङल क्षेेेत्रमा ब्यवस्थापन गरेको छ । मृतकका आफन्त खिम बहादुर कुँवरका अनुसार शब उठाउदा परिवारका कुनै सदस्यसँग पनि केही नसोधी उठाइएको छ् तर उपचारमा लाहप्रबाही भएकोले निधन भएको भन्नेमा हामी अडिग छौ ।
शिक्षकको निधन पश्चात अस्पतालबाट २९ जनाको स्वाब परिक्षणका लगिएका शिक्षकका आफन्त ,चिकित्शक ,कर्मचारी सबैको रिपोट नेगेटिभ आएको बुझिएको छ् भने क्रिमसन अस्पताल आउनु अघी उपचार गरेको अर्घाखाचीको छाया पोलीक्लिनिकबाट लगिएका १० जनाकै स्वाब पनि नेगेटिभ आइसकेको छ्