झापा संवाददाता
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य उमा भुजेल शिलुलाई झापा बाट पुनः पक्राउ गरि धनुषा लगिएको छ । मेचिकोशि ब्युरो इन्चार्ज समेत रहेकि नेतृ भुजेललाई झापा जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाएर रिहाइ भए लगत्तै अदालत परिसर बाट पुनः पक्राउ गरि धनुषा लगिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका मेची कोशी व्युरो ईन्चार्ज भुजेललाई गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरि जिल्ला अदालत सुनसरीले छाड्ने अादेश दिएपनि पुनः पक्राउ गरि झापा लगिएको थियोे भने झापा अदालतले समेत धरौटीमा छाड्ने अादेश दिएको थियोे । अदालतले तोकेको धरौटी रकम बुझाए लगत्तै पुनः पक्राउ गरि धनुषा लगिएको पारिवारिक स्रोतले अनखबर लाई बताएको छ ।
नेतृ भुजेल संगै झापाका जिल्ला ईन्चार्ज सुमनसिंह पौडेल लाई प्रहरीले सुनसरी बाट गत पुष १२ गते पक्राउ गरेको थियो ।
नेता पौडेललाई समेत अदालतको अादेश विपरीत पुनः पक्राउ गरेर सुनसरी थुनामा राखिएको छ