जेठ ११,
थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिइएको हो ।
उहाँका अनुसार मोरङ बारादशी- ३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तैगरी बाराको कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्साका ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर- ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देही- १ का ३२ वर्षीय पुरुष, रुपन्देहीको समरिमाई- ५ का ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुकाका ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसरी नेपालमा आजको मितिसम्म कुल संक्रमित व्यक्तिको संख्या ६ सय ३ जना पुगेको छ । उनीहरुमध्ये ३ जनाको ज्यान गइसकेको छ भने ८७ जना उपचार पछि स्वास्थ्य लाभ भइसकेका छन् ।