जेष्ठ १८, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चा दलित मुक्ति मोर्चा नेपालद्वारा रुकुममा भएको जातिय नरसंहार र देवदहम दलित महिलामाथी भएको बलात्कार पछिको हत्याको बिरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । रुकुममा घटेको घटना जातीय विभेदको परिणाम रहेको भन्दै जातीय विभेद र छुवाछूत गर्नेलाई हदैसम्मको कारबाहीको अपिल समेत गरेको हो ।
बुटवलको रानिगन्जमा सयौं जनताहरुको उपस्थितिमा झन्डै १ घन्टासम्म भएको र्यालिपछी आयोजित सभालाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चाका रुपन्देही अध्यक्ष जानकी बराहाले दलितहरु बर्षौदेखी जातीयताको सिकार भएको भन्दै जातिय अहंकारवादिले रुकुमको घट्ना घटाएको र अपराधीलाई राज्यले नै संरक्षण गरेको आरोप लगाईन । उनले समाजमा जातीय विभेद बढ्दै गर्दा यस्ले सामाजिक द्वन्द्व निम्त्याएको भन्दै जन्मसिद्ध अधिकार प्रेम गर्नेहरू जातकै आधारमा रोक्ने र मार्ने जस्तो जघन्य अपराधको विरोध समेत गरिन ।
कार्यक्रममा प्लेकार्ड सहित ब्यानरमा सयौं दलितहरुको उपस्थिति रहेको थियो, उपस्थित जनमासले जातीय विभेद अन्त्य गर, मान्छे मार्न पाइदैन भन्दै नाराहरु लगाएका थिए । रुकुमको चौरजहारिमा गत हप्ता एक ठकुरी महिलालाई प्रेम गरि भगाउन जादा गाउँलेहरुले कुटेर ५ जनाको हत्या गरेका थिए, भने केही दिन अगाडी देवदहमा एक दलित बालिकालाई बलात्कार गरि हत्या गरिएको थियो । यसैबीच सो घटनाको देशव्यापी विरोध भैरहेको छ ।