जेष्ठ २१,बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता जलाएको छ ।
सम्झौताको ७७ पृष्ठको नेपाली प्रती जलाउदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसिसी देशको लागि घातक रहेको बताए । उनले देशको मालिक नागरिकनै हुनुपर्छ भन्दै दलाल नेताहरूले देशको सम्पत्ति अमेरिकाका गोराहरुलाई बुझाउन खोजेको टिप्पणी गरे । उनले संसदबाट mcc कुनै हालतमा पास नगर्न चेतावनी दिदै पास गर्ने चेष्टा गरेमा सबैमाथी भारी पर्ने र नेकपाले mcc संचालन हुन नदिने घोषणा गरे ।


रुपन्देहीको बुटवलमा भएको विरोध सभामा mcc जलाउदै जनताहरुलाई समेत जलाउन अपिल गरिएको थियो । देशभरजस्तै mcc विरुद्धको नेकपाको राष्ट्रिय कार्यक्रम बुटवलमा गरिएको हो । यस्तै लुम्बिनी ब्युरोका ८ वटै जिल्लामा समेत mcc जलाईएको बताएका छन । नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा लगायता जिल्लाहरुमा समेत mcc जलाईएको समाचारहरु प्राप्त भएका छ्न ।