अनखबर , जेष्ठ २१
सामाजिक क्षेत्रमा सक्रिय चितवनको रोट्याक्ट क्लब अफ नारायणगढले अति विपन्न चेपाङ बस्तिमा राहात वितरण गरेको छ ।
विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना र लकडाउनमा ज्याला मजदुरि गर्न समेत नपाएर भोकै रहनुपर्ने चेपाङहरुलाई थोरै भएपनि केही राहात महसुस होस भन्नको लागि राहतको कार्यक्रम ल्याईएको क्बलका बर्स्ष १९/२० का अध्यक्ष सन्तोष थापाले बताए ।
क्लबले चितवनको कालिका नगरपालिका १० र ११ का अति विपन्न क चेपाङ परिवारलाई प्रती परिवार २ हजारको दरले चामल, दाल लगायत दैनिक खाद्यान्नका सामाग्रीहरु हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष वडाअध्यक्ष दिलबहादुर गुरुङको उपस्तिथि रहेको थियो । कार्यक्रममा नुतन गुरुङ, भरत चेपाङ, रुपेश मल्ल, अनु गुरुङ, सचिन गुरुङ, कमल सुनार, विमल, माया लगायतले खाध संकलन गरेर बितरण गरेको हो ।
कार्यक्रममा समर श्रेष्ठ, राजन पिया,, जनक ढकाल, स्वेजन पिया, इशा प्रधान, नवीन अग्रवाल, सन्जय श्रेष्ठ पुजादेवी गुरुङ्ग लगायतले आर्थिक सहित अन्य सहयोग गर्नुभएको थियो । अध्यक्ष थापाले समस्या परेको बेला सामाजिक सेवा भावका साथ रोट्याक्ट सधै नागरिकसग रहने बताए ।