जेष्ठ २१, बुटवल
अमेरिकी परियोजना एमसीसी नेपालको राष्ट्रिय हितविरुद्ध रहेको भन्दै व्यापक विरोध भैरहेको बेला नेपाल कम्युनिस्ट पार्टीले बुधबार रुपन्देही र नवलपुरमा पनि प्रधानमन्त्री केपी वली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको पुतलादहन गरेको छ ।
अमेरिकन दलाल बनेको भन्दै नेताद्वयको तस्वीरअङ्कित सान्केतिक पुतला बनाएर दहन गरिएको थियो ।
रुपन्देहीको सैनामैना र तिलोत्तमा mcc गराउन भुमिका खेलेका दुई दलका मुख्य नेताहरुको पुत्ला दहन गरिएको नेकपाका एक जिल्ला नेताले बताए ।
यता नवलपुरस्थित कावासोतिमा पनि पुत्ला दहन गरिएको छ, पुत्ला दहन अगाडी बोल्दै नवलपुरका जिल्ला सेक्रेटरीले कुनै हालतमा एमसिसि पास गराउन नहुने भन्दै त्यसलाई खारेज गर्न जनस्तरबाट उठ्नुपर्ने बताए ।
राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै नेकपाले यसको बिरोधमा लगातार आन्दोलन गरिरहेको छ ।
नेकपाको केन्द्रीय कार्यक्रमअनुसार देशैभर देउवा र वलीको पुतलादहन गरिएको छ ।